बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अप्पर स्याङ्गे हाइड्रोपावरले २४.५ मे.वा.को दोभान खोला जलविद्युतमा काम गर्ने

अप्पर स्याङ्गे हाइड्रोपावरले २४.५ मे.वा.को दोभान खोला जलविद्युतमा काम गर्ने

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर आयोजना लिमिटेडले २४.५ मे.वा. क्षमताको दोभान खोला जलविद्युत आयोजनाको काम अगाडि बढाउने भएको छ। गोर्खा जिल्लास्थित धार्छे गाउँपालिका-१ मा अवस्थित यस आयोजनाको मिति २०८०/०३/०७ मा विद्युत विक्री सम्झौता (PPA) भएको कम्पनीको हालै सम्पन्न सातौं वार्षिक साधारणसभामा जानकारी दिईयो। यस आयोजनाको व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०८४ साल चैत्र मसान्तसम्म रहेको छ।

कम्पनीका अध्यक्ष बिर बहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको यही पुस १७ गते सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक विवरण पारित गरेको छ।

साधारणसभाले सर्वसाधारण शेयरधनिको तर्फबाट सम्झना त्रिपाठी र मणि थापालाई संचालक समितिमा निर्वाचित गरेको छ।

वि.स. २०६५ सालमा स्थापना भएको यस कम्पनीद्वारा प्रवर्धित अप्पर स्याङ्गे हाइड्रोपावर आयोजना गण्डकी प्रदेश, अर्न्तगत लमजड्डु जिल्ला स्थित मर्स्याङ्दी गाँउपालिका वडा नं. ४ अन्तर्गत स्याङ्गे खोलाको सम्भाव्यता अध्ययन गरी २.४ मे.वा. उत्पादन हुने ठहर गरि अघि बढाइएको आयोजना हो । कम्पनीले सर्भेक्षण अनुमतिको पत्र मिति २०७२।०१।०७ मा प्राप्त भै मिति २०७२/०६/१४ मा विद्युत खरिद बिक्री सम्झौता तथा मिति २०७४/०२/२५ मा विद्युत उत्पादन अनुमति प्राप्त गरेको हो । यस आयोजनाले मिति २०७८/११/१५ मा व्यवसायीक उत्पादन शुरु गरेको हो।

कम्पनीको अधिकृत , जारी र चुक्ता पुँजि रु. २२,००,००,०००/- रहेको छ। समिक्षा आर्थिक वर्ष २०७९/८० मा कम्पनीले विद्युत विक्रीबाट मात्र रु. ३,१०,९५,९३४/- आम्दानी गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend