बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एमालेलाई राष्ट्रियसभा निर्वाचनमा सीट दिने गठबन्धनको तयारी

एमालेलाई राष्ट्रियसभा निर्वाचनमा सीट दिने गठबन्धनको तयारी

१८ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सीट भागबन्डाको विषयलाई लिएर सत्ता गठबन्धनले एमालेसँग पनि छलफल गर्ने भएको छ ।

आज तीन बजे हुने सत्ता गठबन्धनको बैठक लगत्तै एमालेसँग छलफल गर्न लागिएको हो । ५ बजेका लागि एमालेसहितको बैठक बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले एमालेलाई समेटने कुरा भए पनि  कति सीट दिने भन्ने विषयमा नटुंगिएको बताए ।

गठबन्धनका शीर्ष चार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको बैठक एमालेसँग बस्नुअघि बस्दैछ । त्यसबारे कांग्रेस र माओवादीका शीर्ष नेताहरूबिच हिजो र आज बिहान पनि छलफल भएको थियो ।

माघ ११ गते २० सीटका लागि हुने निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहालले  एमालेलाई पनि समेटेर लैजाने प्रयास गरेका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend