१५ पुस, काठमाडौं । भारतको सबैभन्दा ठूलो बाँझोपनसम्बन्धी विशेषज्ञ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले काठमाडौंमा पनि सेवाकेन्द्र स्थापना गरेको छ। भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफले आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्ने समर्पणका साथ नेपालमा प्रवेश गरेको जनाएको छ।

नेपालमा केन्द्र स्थापना गर्ने निर्णय यस क्षेत्रका धेरै व्यक्तिहरूलाई सताउने बाँझोपनको समस्या सामना गर्ने तत्कालको आवश्यकता बोधबाट उत्पन्न भएको उक्त क्लिनिकले जनाएको छ। तथ्यांक र प्रमाणहरूले विगत केही वर्षहरूमा नेपालको प्रजनन दरमा लगातार गिरावट आएको सङ्केत गर्छ। सन् २०२३ मा यो दर प्रतिमहिला १.७९९ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा १.४८% ले कमि हो। बृहत् अध्ययनहरूले बाँझोपनसँग लडिरहेका नेपाली परिवारहरूले सामना गरिरहेका गम्भीर आर्थिक तनावदेखि सामाजिक बहिष्करण, हिंसाका घटना र उचित मृत्युसंस्कार समेत प्राप्त नहुने जटिल चुनौतीहरूलाई इन्दिरा आईभीएफ क्लिनिकले सम्बोधन गर्ने उद्देश्य राखेको बताएको छ।
इन्दिरा आईभीएफ नेपाल केन्द्रकि प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा हुमागाईले जोड दिन्छिन, “नेपालमा बाँझोपनको प्रभाव गहिरो छ। यसको असर गर्भधारण गर्न असक्षमताको स्थिती मात्र नभई त्योभन्दा धेरै टाढासम्म फैलिएको हुन्छ। यस्तो अवस्थामा दम्पतिहरूले ठूलो पीडा अनुभव गर्छन्, बहिष्करण र अक्षमताको महसुस गर्छन्। सन्तानविहीन हुनुको असर पश्चिमी समाजको तुलनामा विकासोन्मुख राष्ट्रहरूमा बढी नै हुने गर्छ। सीमित संशाधन भएका ठाउँहरूमा उपचारका विकल्पहरूको बारेमा चेतनाको कमिले बाँझोपनसँग जुधिरहेका व्यक्ति र दम्पतिका चुनौतीलाई थप बढाउने गर्दछ। तिनै चुनौतीलाई यो अस्पतालले समाधान गर्नेछ।”
अस्पतालको उद्देश्य भनेको बाँझोपनको बारेमा व्याप्त गलत धारणालाई सम्बोधन गर्नु भएको उनलेे बताइन्। दम्पतिहरूलाई सही जानकारीको साथ सशक्त बनाउनु र विश्वस्तरीय उपचारका सुलभ विकल्पहरूमा पहुँच सुनिश्चित गर्न आँफुहरु लागिपरेको इन्दिरा आईभीएफ नेपालकि केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. हुमागाईले टिप्पणी गरिन।
नेपालमा इन्दिरा आईभीएफको विस्तारले बाँझोपनको पहुँचयोग्य, किफायती वि र विशेषज्ञ उपचारको अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ। व्यापक हेरचाह प्रदान गर्न, बाँझोपनसँग सम्बन्धित मनोवैज्ञानिक र भावनात्मक पीडा कम गर्ने र अभिभावकत्व तर्फको यात्रामा व्यक्ति र दम्पतिहरूलाई सशक्त बनाउन क्लिनिक प्रतिबद्ध रहेको इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा. अजय मुर्दियाले टिप्पणी गरे।
२,४०० भन्दा बढी व्यक्तिहरूको समर्पित टीमको साथ भारतमा १२० भन्दा धेरै केन्द्रहरू सञ्चालन गर्दै आएको इन्दिरा आईभीएफले प्रत्येक वर्ष भारतमा ४०,००० भन्दा बढी प्रभावशाली आईभीएफ प्रक्रियाहरू सञ्चालन गर्दछ। संगठनको यस सफलतालाई प्रविधिमा गरिएको निरन्तरको लगानी, विशेषगरी असिस्टेन्ट रिप्रोडक्टरी टेक्नोलोजी (एआरटी) उपचारको क्षेत्रमा गरिएको लगानीलाई श्रेय दिनुपर्ने अस्पतालले जनाएको छ।
इन्दिरा आईभीएफको बारेमाः
इन्दिरा आईभीएफ भारतको सबैभन्दा ठूलो बाँझोपनसम्बन्धी विशेषज्ञ क्लिनिक चेन हो जसको देशभरिमा १२० भन्दा बढी केन्द्रहरू छन् भने यसमा २,७०० भन्दा बढी उत्साही व्यक्तिहरूको कार्यदल छ। इन्दिरा आईभीएफले वर्षमा लगभग ४०,००० भन्दा बढी आईभीएफ प्रक्रियाहरू संचालन गर्दछ जुन भारतमा सबैभन्दा ठूलो संख्या हो।
एक जिम्मेवार अग्रजको रूपमा इन्दिरा आईभीएफले बाँझोपनको बारेमा व्याप्त भ्रम, कलंक, वर्जना, मिथक र गलत जानकारीहरु हटाउन निरन्तर प्रयास ग गर्छ। इन्दिरा आईभीएफ प्रजनन उपचारका लागि प्रतिभा विकास र प्रशिक्षण गर्न पनि प्रतिबद्ध छ। सन् २०२३ मा बीपीईए-ईक्यूटीले यस संगठनमा रणनीतिक रूपमा लगानी गरेको छ।
इन्दिरा आईभीएफको स्थापना सन् २०११ मा उदयपुर, राजस्थानमा डा. अजय मुर्दियाद्वारा गरिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend