काठमाडौं । आर्थिक क्षेत्रमा क्रियाशिल पत्रकार एबम अन्नपूर्णकर्मी तुलसी सुवेदी सहकारी बैंक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रबाट सहकारीको विकास र वित्तीय क्षेत्रमा सक्रिय रुपमा कलम चलाएको भन्दै बैंकले पुरस्कृत गरेको हो । राष्ट्रिय सहकारी बैंकको १५ औं वार्षिक साधारणसभाका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सुवेदीलाई सम्मान गरेकी हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend