सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रिद्धि सिद्धि यातायातको आतंङक एक महिलालाई यसरी किच्यो

रिद्धि सिद्धि यातायातको आतंङक एक महिलालाई यसरी किच्यो

काठमाडौ । माईतीघरबाट बानेश्वर आउदै  गरेको स्कुटरलाई बसले ठक्कर दिएको छ । आज दिउसो ३.३० बजे बा ५ ख ५८३८ नम्बरको रिद्धि सिद्धि यातायातको बसले भे ७ प १७२८ नम्बरको स्कुटरलाई ठक्कर दिदा अन्दाजी ३५ बर्षकी एक महिला गम्भिर घाईते भएकी छिन् । स्कुटर चालक महिलालाई बसले तीब्र गतिमा आएको बसले ठक्कर दिएर ३५ मिटरजती घिसारेको हो । घाईते महिलाको घुडा माथिको शरीर छिया छिया भएको छ ।

घाईते महिलालाई प्रहरीले उपचारको लागी अस्पताल लगेको छ भने उनको अवस्था अचेत रहेको छ । प्रहरीले गाडी चालकलाई नियन्तणमा लिईएको छ । गाडी चालकको लापरबाहीले घटना घटेको एक प्रत्यक्षदशीले बताए । बस चालकले ठक्कर दिए पछि गाडी रोक्न सटटा महिलालाई मार्ने उदेश्यले नै गाडी अगाडी बढाएको प्रत्यक्षदशीले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend