काठमाडौं । न्युरोडस्थित नियो बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पुनः रविन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन भएको छ।
नियो सहकारीको यही पुस ७ गते शनिबार सम्पन्न १६औं वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा श्रेष्ठको अध्यक्षतामा संचालक समितिको निर्वाचन सम्पन्न गरेको हो। त्यससँगै, लेखा समिति , ऋण उपसमिति र शिक्षा उपसमितिको पनि निर्वाचन सम्पन्न भएको छ।

साधारणसभाबाट संस्थाले आर्थिक वर्ष २०७९/०८० को शेयर लाभांश कोषबाट सदस्यहरुलाई १०% लाभांश प्रदान गरेको छ।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
त्यस्तै , उक्त साधारणसभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ। लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको काम सभाले गरेको छ।
समिक्षा आ.व. मा कुल शेयरपुँजि रु. ४,३०,१३,१००/- रहेको यस सहकारीको कुल निक्षेप संकलन रु. ३३,८५,६७,८६७/- र कर्जा लगानी रु. २६,६७,५८,७६१/- रहेको छ। संचालन नाफा रु. १,१०,७२,९२०|९५ रहेको संस्थाले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend