बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ शोभित थपलियालाई

‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ शोभित थपलियालाई

८ पुस , काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष क्लिकमाण्डू डटकमका वरिष्ठ संवाददाता शोभित थपलियालाई प्रदान गरेको छ।

नेफ्स्कुनले ३६औं स्थापना दिवसको अवसरमा घोषणा गरेको  पुरस्कार पुस ७ गते  प्रदान गरेको हो । संघको ३२औं वार्षिक साधारण सभाको अवसरमा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले उक्त पुरस्कार थपलियालाई प्रदान गरेका हुन ।

पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । विगत एक दशकदेखि आर्थिक तथा सहकारी क्षेत्रका विविध विषयवस्तुमा थपलियाले कलम चलाउँदै आएका छन् । साथै सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवर्द्धन एवं खबरदारीमा पुर्याएको योगदानको कदर गर्दै नेफ्स्कूनले पुरस्कार प्रदान गरेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend