सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

झापाली,स्याङ्जालीले कस्को के बिगारे कोठा पाउन पनि किन बन्चित ?

झापाली,स्याङ्जालीले कस्को के बिगारे कोठा पाउन पनि किन बन्चित ?

मोतिराज खनाल । 

जातभात ,छुवाछुतप्रथा, धनी गरिब बिचको बिभेद , मधेस र पहाडिया बिचको बिभेद ,काला र गोरा जातिको बिभेद बसोबासका आधारमा बिभेद यस्तै कारणले नै ठुला ठुला आन्दोलन भएका इतिहास हामिले पढेका छौ र देखेका पनि छौ । त्यसैले बिना आधार बिना प्रमाण अरुको चरित्रमाथि औलो उठाउने काम नगरौ एउटा औलो अरुलाइ उठाउदा तिनओटा औला आफुतिर फर्केको हुन्छ भन्ने कुराको पनि हेक्का राख्नु पर्छ ।

असारमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भनेजस्तै कुन जमानामा कस्ले गल्ती गरेको थियो अहिले सम्म पनि ?पनि त्यहि गल्तीको सजाय भोग्न परिरहेको छ स्यान्जा र झापामा बसोबास गर्ने मानिसहरुलाइ परिचय गर्ने क्रममा घर कहाँ हो भनेर सोधिने प्रश्नको उत्तर झापा र स्याङ्जा भन्ने बित्तिकै आम मानिसको हेर्ने नजर नै अर्कै भैसकेको छ झापाली र स्यान्जाली त जाली हुन्छन रे फटाहा हुन्छन रे यस्तै भ्रामक कुरा गर्ने प्रचार गर्ने गरिन्छ ।स्याङ्जालि र झापालीहरुलाई किन जाली फटाहा भनिएको हो कसैले भन्न सक्दैन ।किन आम जनमानसमा स्याङ्जाली र झापाली समुदायको चरित्र हत्या गर्न उधत छन मानिस हरु उनिहरुले कस्को के बिगारेका छन र ? यस्को उत्तर खोज्ने बेला भएको छ ।बिना कारण अरुको चरित्र हत्या गर्ने बिरुद्ध न राज्य बोल्छ नत बुद्धिजिबि भनौदाहरुनै बोल्छन ।

 

आफ्नै देशका दाजुभाई दिदिबैनिहरुला जबर्ज्स्ति जालि फटाहाको ट्याग लगाउन उद्द्त छन यस्तो आरोपको बिल्ल भिरायर अरुको चरित्रहत्या गर्ने काम कहाँ सम्मको निच काम हो ? त्यहाका मानिसहरु काठमाडौं ,बुटवल लगायत अरु कुनै प्रदेशमा गएर कोठा भाडामा माग्दा पनि स्याङ्जा र झापा घर भन्दा बित्तिकै कोठा भाडामा दिन पनि हिच्किचाउछन मानिस हरु ।बिना गल्ती सजाय भोग्नु पर्दा कस्तो महसुस हुन्छ एक पटक आफै त्यो ठाउमा भएर महसुस गर्नुहोस त ?

हुन सक्छ सबै मानिस सज्जन हुदैनन कुनै मानिस जालि फटाहा पनि होलान त्यस्को कानुनि उपचार छदै छ ।त्यहाका मात्र होइन अन्य ठाउँ का मानिसपनि जालि फटाहा हुन सक्छन उनीहरुकाइ कानुन अनुसार कार्बाही गर्नु पर्छ तर सबै मानिसलाइ एउटै टोकरीमा राख्नु कदापी मनासिब हुन सक्दैन ।तर बिना आधार उखान टुक्काको भरमा अरुको चरित्रहत्या गर्नु कहा सम्मको अपराध हो यस्तो अपराध गर्नेलाई कारबाही खोइ ? अन्याय र अत्याचार ले सिमा नाघिसक्यो यस्तो चालले त देशमा गृह युद्ध निम्तिन सक्छ ज्यादतिले सिमा नाघ्यो भने बिष्फोट पनि हुन सक्छ ।
मेरो एकजना असाध्दै मिल्ने साथि हुनुहुन्छ उहाँको नाम हरि भुजेल मगर हो ।उहाँ एकदमै मिलनसार र असल , इमान्दार हुनुहुन्छ उहाले म सङग गुनासो गर्नु भो हामि स्याङ्जा बासिलाइ किन जालि फटाहा भनिन्छ ।हामिले कस्को के बिगारेका छौ र ? कुरा हो काठमाडौं को उहाँ कोठा खोज्न जानुभएको रहेछ कोठा पनि मिल्यो सबैकुरा को छिनोफानो भएपछि घर धनिले घर कहा हो भाइ भनेर सोधेछन स्याङ्जा भन्ने बित्तिकै नाक खुम्चाउदै स्याङ्जा घर भएत कोठा नदिने भनेर दिएनछन ।

त्यस भनाइले उहाको मन नै खिन्न भयो र उहाले गुनासो गर्नु भयो यस्तै अरुलाइ पनि भएको होला सायद ।त्यसैले बोल्नु भन्दा अगाडी अरुको लह लहैमा लागेर हामिले कसैको मनमा चोट त पुराइरहेका छैनौ एकपटक बिचार गरौ । कसैले हाँसिमजाकमा भनेको किन नहोस तर हामिले जान अन्जान जे भएपनि उनिहरुलाइ चोट पुर्याइ रहेका छौ कि एक पटक आफैतिर फर्केर हेरौ कसैको पनि मन दुखाउने काम नगरौ राम्रो सङग सोच बिचार गरेर बोल्ने बानिको बिकाश गरौ बिना अधार बिना प्रमाण कसैको चरित्रहत्या गर्ने काम नगरौ हाम्रै दाजुभाइ दिदि बैनि हुन सबैलाइ समान ब्याबहार गरौ अरुलाइ सम्मान गर्यौ भने मात्र हामी पनि सम्मानित हुन सक्छौ ।
लोकगायक, मोतिराज खनाल सितगंगा २ अर्घाखाँची

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend