काठमाडौं खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको १०औं तथा ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष विजय मान शेरचनको अध्यक्षतामा यही पुस ४ गते बुधबार सम्पन्न साधारणसभाले चुक्ता पुँजिको १:१ हकप्रद शेयर निष्कासन गर्ने र कम्पनीको अधिकृत तथा जारी पुँजि वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको छ।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष शेरचनले प्रस्तुत गरेका संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
त्यस्तै , उक्त साधारणसभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ। लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको काम सभाले गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend