काठमाडौं । त्रिपुरेश्वरस्थित खेलकुद बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष हिरा सिंह डंगोलको सभापतित्व एवं राष्ट्रिय खेलकुद परिषदका प्रशासन विभाग प्रमुख प्रेम बहादुर मल्लको प्रमुख आतिथ्यतामा यही मंसिर २७ गते बुधबार संस्थाको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका विभिन्न विभागका प्रमुख तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष डंगोलले प्रस्तुत गरेका संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
त्यस्तै , उक्त साधारणसभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ। लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको काम सभाले गरेको छ।
साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदनहरु पारित गर्दै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयर सदस्यलाई १५% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा संस्थाको खेलकुद बचत तथा ऋण सहकारी संस्थाको आर्थिक बर्ष २०७९/०८० साल सम्म शेयर पूँजीतर्फ गत आर्थिक बर्ष बाट २.२९ प्रतिशतले बृद्धिहुनगई रू ७७,०९,७००।०० (सत्तहत्तर लाख नौ हजार सात सय) चुक्ता पूँजी कायम भएको छ । त्यसैगरि संस्थाको कुल निक्षेप संकलनतर्फ २.९२ प्रतिशतले बृद्धिहुनगई रु. १०,४२,०४,८२०/८८ (दश करोड बैयालिस लाख चार हजार आठ सय बीस रूपैया पैसा त्रिसदी मात्र) हुनगएको छ । संस्थाको मुख्य लगानी क्षेत्र, कर्जा लगानीतर्फ ७.०४ प्रतिशतले ऋणात्मक हुनगई रू १२,१६,६१,६३६/२४(बाह करोड सोह लाख एकसठी हजार छ सय छत्तिस रूपैया पैसा चौविस) कायम हुन पुगेको छ । सहकारीको व्याज आम्दानीतर्फ ४.१२ प्रतिशतले बृद्धिभई १,५२,६९,७२४/०० (एक करोड बाउन्न लाख उनान्सत्तरी हजार सात सय चौवीस) मात्रै साथै व्याज स्वर्च तर्फ पनि गत आ.ब. भन्दा १२.०८ प्रतिशतले बृद्धिहुन गई रु. १,१९,४७,४४९/५९ (एक करोड उन्नाईस लाख सड्चालीस हजार चास सय उनान्चास् रूपैया पैसा उनान्साठी) मात्र स्वर्च हुन गएको छ । आम्दानीमा प्रत्यक्ष प्रभाव परेको भएता पनि सदस्यलाई प्रदान गरेको व्याज दरलाई स्थिर राखिएको तर सहकारीले तिर्नुपर्ने कर्जाको व्याजदर निरन्तर उकालो लागेको अवस्थाको कारणले यस बर्ष सहकारीको कुल संचालन आम्दानी तर्फ १३ प्रतिशतले ऋणात्मक हुनगई रू ३५,६०,९४५/८० (पैत्तिस लाख साठी हजार नौ सय पैतालिस रूपैया पैसा असी) कायम भएको छ भने सहकारीको खुद मुनाफा तर्फ पनि १८.१५ प्रतिशतले ऋणात्मक रहि रू ११,०९,२३५/२८ (एघार लाख नौ हजार दुई सय पैतिस रूपैया पैसा अठठ्ाईस) मात्र कायम हुनगएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ मा शेयर पूँजी र निक्षेप लाई वृद्धि गर्ने संस्थाले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend