बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बाराही जंगल लजलाई २०२३ को ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्ड

बाराही जंगल लजलाई २०२३ को ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्ड

२७ मंसिर ,काठमाडौं ।    बाराही हस्पिटालिटी अन्तर्गतको चितवनको बाराही जंगल लज २०२३ को ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्डबाट सम्मानित भएको छ ।  टफ्ट टाइगर वाइल्ड लाइफ अवार्ड अन्तर्गत सो अवार्ड प्रदान गरिएको हो ।

टफ्ट टाइगरका संस्थापक जुलियन म्याथ्युज र विशाल सिंहले लजका जनरल म्यानेजर प्रकाश चन्दलाई सो अवार्ड प्रदान गरेका हुन् ।

जोन वेकफिल्ड मेमोरियल अवार्ड सन् २०२३ मा ‘मस्ट इन्स्पिरेसनल इको लज’को रुपमा रहेको चितवनको बाराही जंगल लजलाई प्रदान गरिएको सम्मानपत्रमा जानकारी दिइएको छ ।

टफ्ट टाइगर अवार्ड भारतमा सन् २०१० मा स्थापना गरिएको अवार्ड कार्यक्रम हो । पर्यटन क्षेत्रको दीगो विकासमा उल्लेखनीय योगदान पुर्‍याएबापत हरेक वर्ष यो अवार्ड विभिन्न मुलुकका पर्यटकीय क्षेत्रमा योगदान पुर्‍याउने कम्पनीलाई दिइन्छ । जसअन्तर्गत नेपालको बाराही जंगल लजले यो अवार्ड हात पारेको हो ।

बाराही जंगल लज ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लज पनि हो । यस लज २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको ९आउटस्ट्याण्डिङ प्राक्टिस० बिधा अन्तर्गत सर्टिफाइड हुँदै आएको छ । हालै ‘आइएसओ(१४००१’ बाट पनि अन्तर्राष्ट्रिय स्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् ९इएमएस० सहितको लजको रुपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ।

चितवन मेघौलीमा रापती नदि किनारमा रहेको बाराही जंगल लज जंगल थीममा बनाइएको छ । १२ हेक्टर भूभागमा विस्तार भएको यस लजमा बसेर आनन्दले राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्ती लगायतका पशुपन्छी रमाएको दृश्यावलोकन गर्न सकिन्छ । सन् २०१२ देखि सञ्चालनमा आएको यस रिसोर्ट वातावरणीय दृष्टिकोणले पनि निकै नै मनमोहक छ । यहाँ पुग्ने जोकोहीलाई त्यहाँको दृश्य तथा बोटविरुवाको छहरीले ताजा बनाइदिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend