सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आगामी चैत्र अन्तिम साता लगानी सम्मेलन हुने, यस्तो छ तयारी

आगामी चैत्र अन्तिम साता लगानी सम्मेलन हुने, यस्तो छ तयारी

मुकुन्द गैरे । सरकारले आगामी चैत्र २९ र ३० गते लगानी सम्मेलन गर्ने भएको छ । नेपालमा लगानी आकर्षित गर्ने उदेश्यले लगानी सम्मेलन गर्न लागिएको हो । कृषिको व्यावसायीकरण, ऊर्जा, सडक लगायतका विभिन्न पाँच वटा क्षेत्रमा सघन रुपमा छलफल गराई लगाानी भित्राउन लगानी सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विदेशी दातृ निकाय,विज्ञ, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका लगानीकर्ता,वित्तीय संस्था,गैरआवसीय नेपालीहरुले सम्मेलनमा सहभागिता जनाउनेछन् । सम्मेलमा नेपालमा लगानी आवश्यक भएका क्षेत्रको बारेमा छलफल हुनुका साथै ति क्षेत्रमा लगानी गर्न आग्रह गरिने अर्थमन्त्री डाक्टर युवराज खतिवडाको भनाई छ ।

यस्तै सम्मेलनमा नेपालका छिमेकी मुलुकमा निर्यात गर्न सकिने वस्तुहरुको बारेमा जानकारी गराई ति क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए । सम्मेलनमा नेपालमा लगानी गर्नका लागी उपयुक्त वातावरण बनेको छ भनेर जानकारी दिन नीतिगत तथा प्रशासनिक क्षेत्रमा गरिएका सुधारका विषयमा पनि जानकारी गराइने र हालसम्म एक दर्जन भन्दा बढी कानून संशोधन गरिसकेको अन्य कानूनहरु पनि संसदको हिउँदे अधिवेशनबाट संशोधन गरिने अर्थमन्त्री खतिवडाको भनाई थियो ।

२०७३ सालमा भएको दाता सम्मेलनका क्रममा दातृ निकायबाट भएको प्रतिवद्धता र दातृ निकायले उपलब्ध गराएको सहयोगबाट नेपालले गरेको उपलब्धिको बारेमा सम्मेलनमा जानकारी दिने र थप लगानी गर्न आग्रह गरिने अर्थमन्त्री खतिवडाले बताए ।नेपाललाई दक्षिण एशियाको ठुलो बजारका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको भन्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो,देशको आर्थिक प्रणाली पछाडि फर्किने कुरा हुँदैन,हामी अघि बढ्ने हो,संभावनालाई विश्वास र विश्वासलाई कार्यान्वयनमा लैजाने हो ।

कार्यक्रमा सार्वजनिक खरिद ऐन, कम्पनी ऐन, विदेशी विनिमय ऐन, औद्योगिक व्यवसाय ऐन र नियमावली, विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन संशोधनका क्रममा रहेको पनि जानकारी दिइएको थियो ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनमा कस्ता विषय लगानीका सम्भाव्य क्षेत्रहुन सक्छन् भनेर ४ वटा समुह बनाएर लगानीका सम्भाव्य क्षेत्रहरुको पहिचान गर्ने काम भइरहेको जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend