खबरब्रेकिंग, काठमाडौं, मङ्सिर २० गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी कर्ताको हिसावले व्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको दाबी गरेका छन ।
काठमाडौंमा अयोाजित एक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन । उनले व्यवासाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताए ।
उनले कोभिड १९, रुस—युक्रेन युद्धका कारण व्यवसायलाई केही असहजता भएपनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण हुने बताए । उनले नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या परेको बताए । अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा ठुलो अवसर रहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend