खबरब्रेकिंग, काठमाडौं, मङ्सिर ६ गते । साइमेक्स इन्कले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ११ लाख रुपैयाँ प्रदान गरेको छ ।
नेपालका लागि बिवाईडी गाडीको अधिकृत वितरक साईमेक्सले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको हो ।
जसअन्तर्गत हरेक बिवाईडी डल्फिन बुक गरेमा १०,००० रुपैयाँ र बिवाईडी अत्टो ३ बुक गरेमा २०,००० रुपैयाँ कम्पनीको भुकम्प सहायता कोषमा जम्मा हुने कम्पनीले जनाएको छ। यो योजना मंसिर २३ गते सम्म लागु हुनेछ। यी बुकिङहरूबाट जम्मा भएको रकमले भुकम्प पिडितहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend