सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

नेउवा महासंघले माग्यो सुझाव

नेउवा महासंघले माग्यो सुझाव

फाईल तस्विर

काठमाडौँ, मंसिर ३ गते । नेपाल उद्योग वाणिज्य महासंघले विद्यमान आर्थिक संकट समाधानका लागि सुझाव माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृखलाअन्तर्गत महासंघले सुझाव मागेको हो ।

महासंघको तेस्रो कार्यकारिणी बैठकले प्रस्ताव गरेअनुसार विद्यमान आर्थिक संकटको समाधानका उपाय खोज्ने क्रममा गत असोज २५ गते सरोकारवाला सबै सम्मिलित राष्ट्रिय आर्थिक बहस सम्पन्न गरेको थियो । काठमाडौँमा सम्पन्न सो बैठकमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीले अध्यक्षता गर्ने गरी उच्चस्तरीय संयन्त्र गठनका लागि सरकारसमक्ष माग गरेका थिए । उक्त प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयन्त्र गठन गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

सोही शृखलाअन्तर्गत नेपाल सरकारले नै आर्थिक क्षेत्रका सरोकारवाला, सरकारी निकाय र निजी क्षेत्रको सहभागितामा अर्को बहसको तयारी थालेको छ । सो बहसका लागि देशमा विद्यमान व्यावसायिक अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदमका लागि महासंघले जिल्ला उद्योग वाणिज्य संघसँग आवश्यक सुझाव र परामर्शका लागि सर्कुलर जारी गरेको महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend