सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मलेशिया रोजगारी बन्दको बिषयमा नारायणकाजीको चाँसो

मलेशिया रोजगारी बन्दको बिषयमा नारायणकाजीको चाँसो

काठमाडौं । वैदेशिक रोजगारीमा जानु पर्ने नेपाली यूवाहरुको बाध्यता हो । बिभिन्न सरकार र राजनैतिक दलहरुले स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्ने भाष्ण र चुनावको बेलामा घोष्णा पत्रमा मुख्य बिषय बनाए पनि अन्तत चुनाव चित्ने जुक्ती मात्र भएको छ । साथै रोजगारी दिनुको सटटा त परैको कुरा भएका उधोग कलकारखाना समेत घटदै गएको अवस्था छ । पछिल्लो समय आफनो दैनिकी चलाउनकै लागी नेपाली यूवाहरु बिदेशीन बाध्न छन् । नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य मानिदै आएको मलेशिया महिनौ देखी रोजगारीको लागी जाने प्रक्रिया नै बन्द गरिएको अवस्था छ । यसै बिषयमा मलेशियाको बारेमा बिभिन्न टिकाटिप्णी बाहिर आएका छन् ।

यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा मलेसियाको रोजगारीका विषयमा नेताहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । नेकपाका नेता एबम पूर्वपरराष्ट मन्त्री नारायणकाजी श्रेष्ठले मलेसियासँग श्रम सम्झौता गरेर पनि नेपाली कामदार पठाउन नसकेको भन्दै श्रममन्त्री गोकर्ण विष्टको आलोचना गरेका छन् । नेता श्रेष्ठले मलेसियासँग श्रम सम्झौता हुँदा पनि कामदार पठाउन किन नसकिएको भन्दै मन्त्री विष्टलाई प्रश्न गरे ।

त्यस्तै नेकपाकै नेता लिलामणी पोखरेलले पनि हजारौं नेपालीहरुको कलिङ भिसा आएर पनि जान नपाएकोमा चासो व्यक्त गरेका छन् । मलेसिया कामदार पठाउँदा कामदारको स्वास्थ्य परीक्षण र ‘सेक्युरेटी क्लियरेन्स’ तथा भीषा प्रक्रिया लगायतमा सिन्डिकेट भएको भन्दै गत जेठ २ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम स्वीकृति रोकेका थिए । अहिले मलेशियाको रोजगारीको बिषयमा बिभिन्न अडकलबाजी सुरुभएको छ । बैदेशिक रोजगारीको क्षेत्रमा क्रियाशिल वैदेशिक रोजगार व्यवसायी पनि मलेशियाको रोजगारी बन्द हुदा मर्कामा परेको बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend