सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मारवाडी सेवा समितिको ‘दीपावली स्नेह मिलन’ समारोहमा राष्ट्रिय खेलाडी सम्मानित

मारवाडी सेवा समितिको ‘दीपावली स्नेह मिलन’ समारोहमा राष्ट्रिय खेलाडी सम्मानित

काठमाडौं । मारवाडी सेवा समितिको स्नेह मिलन समारोहमा खेलाडीलाई सम्मान गरिएको छ । मारवाडी सेवा समितिले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सो सम्मान गरेको हो ।

सो अबसरमा समितिले १९ औँ एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीहरूको सम्मान गरेको थियो। कार्यक्रममा दीपेन्द्र सिंह ऐरी र कुशल मल्ललाई सम्मान स्वरूप एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो।

कराँते खेलतर्फ नेपाललाई रजत पदक दिलाउन सफल एरिका गुरुङलाई एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो।नेपाल क्रिकेट एशोसियन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरूलाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको थियो।

सोही अवसरमा मारवाडी समाजका सदस्यहरू एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाल र पूर्व क्रिकेटर पारस लुनियालाई समेत सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयल, नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मञ्चकी अध्यक्ष अर्चना काबरा, मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्माले शुभकामना दिएका थिए।

तयारी समितिका संयोजक रमेश तापडि़याले कार्यक्रममा उपस्थितहरूलाई धन्यवाद दिएका थिए। मारवाडी सेवा समितिले जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावितहरूको लागि फाइबरको सिरक ८३५ थान, पिफममेट ९ सय थान र दाल, नुनसहित प्याक गरिएको ४ सय प्याकेट चामल सहयोग गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend