सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई वितरण गरिने

पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई वितरण गरिने

काठमाडौं, कात्तिक १५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ ।

कोरिया सरकारले गत पुसमा ८० वटा बाछी र २१ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाइदिएको छ भने ८० वटा गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो ।

त्यहाँका ५१ जना किसानलाई सो बाछी वितरण गरिएको थियो । सो ८० वटा बाछीलाई विस्तार गरी सिन्धुलीको पाँच सय घरधुरी किसानलाई पु¥याउने लक्ष्य राखिएको हेफर इन्टरनेसनल नेपालले सञ्चालन गरेको मिल्की वे परियोजनाका निर्देशक नारायणप्रसाद शर्माले बताए ।

कोरिया सरकारले उपलब्ध गराएको बाछी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ४ र ५ का ५१ किसान परिवारलाई वितरण गरिसकेको छ । अहिले ती बाछी ठुला ठुला भइसकेका छन् । हेफर नेपाल र कमलामाई नगरपालिकाले १०९ जना किसानलाई राखेर विभिन्न समूह बनाएका छन् । पहिलो लटमा १०९ जनामध्ये ५१ जनाले सो बाछी ९गाई० पाएका छन् ।

८० वटा गाईमध्ये छ वटा लम्पी स्किनको रोगबाट मरेका छन् । बाँकी रहेको ७४ वटा गाईमध्ये ६९ गाईलाई गर्भधारण गराएका छन् । त्यसमध्ये ३७ वटा गाई गर्भवत्ती छन् । अरू बाँकीको गर्भ सुनिश्चित भएको छैन सायद एक दुई महिनाभित्र ६९ वटै गाईको गर्भ सुनिश्चित हुने हेफर नेपालले जनाएको छ । सिन्धुली आउनुभएका हेफर कोरियाका निर्देशक हे वन लीका अनुसार यी गाई उपहार स्वरूप नै आएका हुन् ।

कोरियाका किसान, विद्यार्थी अन्य व्यक्तिहरूले नेपाललाई कारिया सरकारमार्फत नेपाललाई प्रदान गरेको हो । कोरिया सरकारले उपहार स्वरूप दिएको कारणले पनि यहाँका किसानले पनि कम से एउटा बाछी अर्को किसानलाई दिनुपर्ने प्रावधान रहेको हेफर कोरियाका निर्देशक लीले बताए ।

गाई प्राप्त गरेका किसानले आनुवंशिक स्रोतबाट पहिलो बाछीसँगै प्राप्त गरेको सिप र ज्ञानलाई अर्को किसानलाई हस्तान्तरण ९हेफरको पासिङ अन द गिफ्ट बिजनेस मोडेल० गर्नैपर्ने प्रावधान रहेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend