काठमाडौं । यती एयरलाइन्सले यसपालिको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्ना यात्रुहरुलाई सानदार उपहारहरु दिने घोषणा गरेको छ ।
सोही योजनाअन्तर्गत दोस्रो बिजेताले थाई लाएन को तर्फबाट जोडीसहित बैंकक टुर र तेस्रो बिजेताले एलजीको वासिङ्ग मेसिन र चौंथो बिजेताले श्रीबालाजी डाइमण्ड एसडीबीको तर्फबाट हिराको टप जित्नेछन् ।
त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट सुरेहट प्राइजको रुपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा इन फलाइट इन्टरटेनमेन्ट सर्भिस प्रयोग गर्दै गर्दा दशैं क्याम्पेन ब्यानरमा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय–समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
यो योजना आफ्ना यात्रुहरुबीच खुशी बाँडन र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ । योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरु घोषणा गरिने यती एअरलाइन्सले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend