शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सानिमा बैंक १९औं साधारणसभाबाट १४.७० प्रतिशत लाभांश पारित

सानिमा बैंक १९औं साधारणसभाबाट १४.७० प्रतिशत लाभांश पारित

काठमाडौं । सानिमा बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्तिक २ गते सम्पन्न  साधारणसभाले बैंकको  प्रस्तावित १४.७० प्रतिशत लाभांश पारित गरेको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०७९/८० मा २.६१ अर्ब रूपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २१५.६४ अर्ब रूपैयाँ, कुल निक्षेप १७८.८५ रूपैयाँ अर्ब तथा खुद कर्जा सापटी १४९.८७ रूपैयाँ अर्ब रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend