शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

फ्लास साकोसमा नयाँ संचालक समितिको चयन; १४% लाभांश प्रदान

फ्लास साकोसमा नयाँ संचालक समितिको चयन; १४% लाभांश प्रदान

३० असोज, काठमाडौं । धुम्बाराहीस्थित फ्लास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो चौधौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष नारायणराज पाण्डेको सभापतित्वमा यही असोज २९ गते सोमबार उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले आगामी ४ वर्षको कार्यकालका लागि पुनः नारायणराज पाण्डेकै अध्यक्षतामा ११ सदस्यीय संचालक समितिको निर्वाचन सम्पन्न गरेको छ। संचालक समितिका उपाध्यक्ष हरिराम कोइराला , सचिव बलराम तिमिल्सिना कोषाध्यक्ष राज राणा सहित सम्पुर्ण सदस्यहरु सर्वसम्मत चयन भएका हुन। त्यससँगै , लेखा सुपरिवेक्षण समितिको पनि निर्वाचन सम्पन्न भएको छ।

संस्थाले आर्थिक वर्ष २०७९/०८० को शेयर लाभांश कोषबाट सदस्यहरुलाई १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षको संस्थाको कुल चुक्ता पूँजी रु. ८,२३,२७,८००/- रहेको छ। यस वर्षको निक्षेप संकलन रु. २१,३३,५३,२९९/- र कर्जा लगानी रु. ३०,१६,६३,९९८/- रहेकोे संस्थाले जनाएको छ। कुल संस्थागत पूँजी रु. ३,८६,४१,३९६/- रहेको सहकारीको खुद मुनाफा रु. १,१२,४९,६५३/- रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend