शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

रास्वपाले एउटा पुस्तादेखि अर्को पुस्तासम्मको समृद्धिमा काम गर्छ: सभापति लामिछाने

रास्वपाले एउटा पुस्तादेखि अर्को पुस्तासम्मको समृद्धिमा काम गर्छ: सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले राजनीतिक दलहरु  चुनाव जित्ने कुरामा मात्रै  लक्षित हुनु नहुने बताएका छन् । असोज २९ गते सोमबारबाट सुरु भएको पार्टीको नीति-मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्ताको दिगो विकास र समृद्धि हासिल गर्न  लक्षित हुनुपर्ने बताएका हुन् ।

सभापति लामिछानेले  राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नहुँदा  आम जनतामा  दुविधा रहेको  बताए । उनले भने, ‘राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ । कहिले काहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमान जल्दछन् र शङ्का नै शङ्का, आशङ्का नै आशङ्कामा हामीलाई पनि कयौँ अनुमानको घेरामा राखिएको छ । यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरूप्रति कहिले कहीँ कटाक्ष गरेको मात्र यहाँहरूले सुन्नुभएको छ होला, विषय केन्द्रित कटाक्ष हुन सक्छन् तर समग्रमा मुलुकको परिवर्तनमा उहाँहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न साहस न योजना छ । परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय हुँदैन ।’

 राष्ट्रिय स्वतन्त्र पार्टी  नयाँ भएकाले सिक्दै र बुझ्दै जान प्रतिबद्ध रहेको सभापति लामिछानेले  बताए। उनले पुराना राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताए । उनले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको जिकिर गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend