शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सुनको मूल्यमा उच्च वृद्धि , प्रतितोला २९०० ले बढ्यो

सुनको मूल्यमा उच्च वृद्धि , प्रतितोला २९०० ले बढ्यो

२४असोज ,काठमाडौं । आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार मात्रै सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार बढेसँगै प्रतितोला १ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

यस्तै तथ्यांक अनुसार तेजावी सुनको मुल्य पनि प्रति तोलामा २८ सय ५० रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा पुगेको छ ।

आइतबार सुनको मूल्य आकाशिएपनि चाँदीको मुल्यभने घढेको छ । तोलामा ४५ रुपैयाँ घटेसँगै आइतबार चाँदीको मूल्य प्रतितोेला १ हजार ३९० रुपैयाँ पुगेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend