शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सुपरमाई हाइड्रोपावर लिमिटेडको नवौं साधारणसभा सम्पन्न

सुपरमाई हाइड्रोपावर लिमिटेडको नवौं साधारणसभा सम्पन्न

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष अशोक कुमार खड्काको सभापतित्वमा यही असोज २६ गते शुक्रबार लिसरा रिसेप्सन्स ( नक्साल ) मा सभा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन , लेखा र सुपरीवेक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण कार्य सम्पन्न गरेको छ।

साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा शिवराज जोशीको नियुक्तिलाई अनुमोदन गरेको छ।

कम्पनीले ईलाम जिल्लाको ईलाम नगरपालिका- ५ बरबोटे माई खोलामा आयोजना संचालन गर्दै आएको यस कम्पनीको जडित क्षमता ७.८ मेगावाट रहेको छ । यसले २०७५ कार्तीक ११ गतेदेखि व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ । यस कम्पनीद्धारा प्रबर्द्धित आयोजनाको Gross Head १३३.३ मिटर, Net Head १२६.६४ मिटर र ईन्टेक क्षेत्रको Catchment Area १६३ बर्ग कि.मी. रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend