शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सिन्धु कन्टेनर साकोसको १३औं साधारणसभा सम्पन्न; १५% लाभांश पारित

सिन्धु कन्टेनर साकोसको १३औं साधारणसभा सम्पन्न; १५% लाभांश पारित

काठमाडौं । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बच्चु पौडेलको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य वेद बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज २६ गते संस्थाको साधारणसभा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन , लेखा र सुपरीवेक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण कार्य सम्पन्न गरेको छ।

संस्थाले आर्थिक वर्ष २०७९/०८० को शेयर लाभांश कोषबाट सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।

समिक्षा आर्थिक वर्षमा सहकारीको चुक्ता शेयर पूँजी रु. ११ करोड ८९ लाख ८७ हजार ९ सय रहेको छ। यस वर्ष संस्थाको निक्षेप संकलन रु. १६ करोड ४७ लाख ७९ हजार १ सय २५ रुपैयाँ २८ पैसा रहेको छ जुन गतवर्षको तुलनामा ३५% को वृद्धि हो। कर्जा लगानी यस आ. व. मा ४३ करोड ७४ लाख ३१ हजार ४ सय ७ रहेको छ। संस्थाको जगेडा कोषको रकम ९ करोड ४८ लाख ६७ हजार ९ सय ९७ रुपैयाँ रहेको छ। समिक्षा आर्थिक वर्षमा संस्थाको खुद बचत रु. ४ करोड ८४ लाख ७६ हजार २ सय ३१ रहेकोे छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend