शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

युगान्तर बचत तथा ऋण सहकारीको १३औं वार्षिक साधारणसभा सम्पन्न

युगान्तर बचत तथा ऋण सहकारीको १३औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नयाँबजारस्थित युगान्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष राजन तुलाधरको सभापतित्व र काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीको प्रमुख आतिथ्यमा यही असोज ६ गते शनिबार उक्त साधारणसभा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि त्रिपाठीले सहकारीका सिद्धान्त र मुल्य- मान्यता अनुरुप केहि सहकारीहरु नचल्दा समग्र सहकारी क्षेत्रप्रति नै अविश्वास गर्न नहुने बताएका छन। सहकारी संस्था स्वायत्त र स्वनियमनकारी संस्था भएको बताउदै यसको संचालन प्रक्रिया र समग्र गतिविधिमा सदस्यहरुले सक्रिय सहभागिता र सजगता राख्नुपर्नेमा उनले जोड दिए।


साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा संस्थाको कुल चुक्ता पूँजी रकम गत वर्षको तुलनामा १५.०३% ले वृद्धि भई रु. १,४७,०३,६००/- पुगेको छ । यस वर्ष कुल निक्षेप रु.११,२६,१८,२९१|९२ र विभिन्न शिर्षकमा कर्जा प्रवाह रु. ११,७१,४२,८६३|८५ रहेको छ। संस्थाको खुद नाफा रु.४३,२३६५८|९७ रहेको छ।

संस्थाका अध्यक्ष राजन तुलाधरले आगामी वर्षमा शेयर पूँजी तथा निक्षेप रकमलाई निरन्तर वृद्धि गर्दै लैजाने सहकारी ऐन बमोजिम आवश्यकता अनुरुपका कोषहरुको व्यवस्था गर्ने बताएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend