सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भिसा लागेका २४ जना सहायक कामदारलाई इजरायलको यात्रा नगर्न श्रम मन्त्रालयको अनुरोध

भिसा लागेका २४ जना सहायक कामदारलाई इजरायलको यात्रा नगर्न श्रम मन्त्रालयको अनुरोध

काठमाडौं, असोज २३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलको यात्रा नगर्न अनुरोध गरेको छ ।

हिजो बेलुका मन्त्रालयले सूचना निकालेर श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो ।
इजरायलमा युद्ध चलिरहेकाले भिसा पाएका २४ जना कामदारलाई त्यहाँको यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको हो । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend