२२असोज , काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद सेयरको बुक क्लोजको मिति तोकेको छ । असोज २१ गते आइतबार बसेको संचालक समितिको बैठकले कार्तिक ३ बुक क्लोजको मिति तोकेको हो । कम्पनीले निश्कासन गर्ने १ः२ अनुपातको हकप्रद सेयर कार्तिक २ सम्मका सेयरधनीले आवेदन दिन पाउने छन् ।
नेपाल धितोपत्र बोर्ड (सेवोन) ले घलेम्दी हाइड्र्रो लिमिटेडलाई २०० प्रतिशत हकप्रद सेयर निश्कासनको गर्न स्वीकृति दिइसकेको छ ।
कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद सेयर निश्कासन गर्नको लागि सेयर निश्कासनको तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।
कम्पनीले सांग्रिला उर्जा प्रालिद्वारा प्रबरद्धित संखुवासभामा रहेको ६३ मेगावाटको पीआरओआर छुजुङ्ग खोला जलविद्युत आयोजनामा घलेम्दीको कम्तिमा ५१ प्रतिशत सेयर कायम हुने गरि लगानी गर्न हकप्रद सेयर निश्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।
यस अघि मिति २०८० गत बैशाख १६ गते सम्पन्न साधारण सभाबाट हकप्रद सेयर सम्बन्धी प्रस्ताव उल्लेख सेयरधनीहरुको सहभागिताका साथ पारित गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend