बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

“तिम्रो खुसी ” का लयहरुमा गुन्जिएका लक्ष्मणकृष्ण

“तिम्रो खुसी ” का लयहरुमा गुन्जिएका लक्ष्मणकृष्ण

 

         ‘तिम्रो आँखाको नानीमा
        बस्न आएँ राख या नराख
         तिम्रो खुसी’

 

कसैका आँखाका नानीमा यसरी प्रेमका भाकाहरु भर्ने स्रस्टा हुन – कवि , गीतकार तथा साहित्यिक व्यक्तित्व लक्ष्मणकृष्ण ताम्राकार । अनि खुसीका यी प्रेमिल शब्दहरु उनैको “तिम्रो खुसी ” गीति सङ्ग्रहमा समावेश गरिएका छन् यसरी –

          ‘तिम्रो न्यानो अंङ्गालोमा
         बाँधिन आएँ बाँध या नबाँध
         तिम्रो खुसी’

 

 

गायक आनन्द कार्की र मिलन नेवारको युगल स्वरमा गुन्जिएका यी प्रेमका भाकाहरु समाविष्ट एल्बमको आज एक साङ्गितिक समारोहबिच पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितका विशिष्ठ व्यक्तित्वहरुले सार्वजनिक गरेका हुन। समारोहमा कलाकार मदनकृष्ण श्रेष्ठ , गीतकार एस पी कोइराला , गायक आनन्द कार्की , गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा लगायतका व्यक्तित्वहरुको समुपस्थिती रहेको थियो।

लोकप्रिय प्रस्तोता नरेश भट्टराईले उद्घोषण गरेका समारोहमा प्रमुख अतिथि पूर्व न्यायाधीश कल्याण श्रेष्ठ पनि गीतकार लक्ष्मणकृष्णका शब्द र तिनका भाकाहरुमा नबगीरहन सकेनन। भने – ‘गीतकारका यी गेयात्मक , लयात्मक र श्रुतिमधुर गीतहरुले हृदयलाई स्पर्श गर्छन।’

गीतिसङ्ग्रह “तिम्रो खुसी” मा हृदय स्पर्शी सात वटा गीतहरु समावेश छ्न। अनि ती गीतहरु गुन्जिएका छन – शिशिर योगी ,स्वरुप राज आचार्य , आनन्द कार्की , मिलन नेवार लगायतको सुमधुर स्वरमा ।

समारोहमा गीतकार लक्ष्मणकृष्णले आँफुले तिसको दसक देखि नै गीत लेख्न सुरु गरेको र यो सिलसिला जीवनभरी रहने वाचा गरे –

         ‘ कहिल्यै नछुट्ने म वाचा गर्छु
          लाख आँधी तुफान आओस्
          तिमिसँगै बाँच्छु तिमीसँगै मर्छु ‘

 

 

(प्रस्तुती – समीर भण्डारी / खबरब्रेकिङ्ग /
२१ असोज ,२०८० )

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend