काठमाडौं । जय अशोक विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भक्तमान डंगोलको अध्यक्षतामा यही असोज २० गते सम्पन्न साधारणसभामा काठमाडौं महानगरपालिका वडा न. १९ का अध्यक्ष राजेश कुमार श्रेष्ठ , वडा न. १५ का अध्यक्ष ईश्वरमान डंगोल लगायतको उपस्थिति रहेको थियो।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब , नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।
समिक्षा आर्थिक वर्षमा यस सहकारीको शेयरपूँजी रु. १४,४२३,१००.०० कायम भएको छ। कुल सम्पत्ति रु. १५७,६५३,५५२.४२ रहेको संस्थाले यस आर्थिक वर्षमा रु.१,७५३,११०.२४ खुद मुनाफा आर्जन गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend