काठमाडौं । ललितपुरस्थित स्कोप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष वीर काजी शाक्यको अध्यक्षतामा यही असोज २० गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को शेयर लाभांश कोषबाट सदस्य हरुलाई १२% नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा संस्थामा ४,५६१ सदस्यहरुबाट शेयरपूँजी रु. ७,०८,२६,९००/- पुगेको छ । गत वर्षको तुलनामा शेयरपूँजीमा ५.२४ प्रतिशतले वृद्धि भएको हो। यस आर्थिक वर्षमा संस्थाको कुल निक्षेप रु. ७१,५५,८१,८३०|६२ र कर्जा लगानी रु. ७४,२०,६९,५३७|८७ रहेको छ। समिक्षा आर्थिक वर्षमा सहकारीको कुल सम्पत्ति रु.९७,२४,६५,२७३|०० रहेको छ। त्यसैगरी जगेडा कोष र अन्य कोषहरु गरी २०८० असारमा जम्मा भएको रकम रु.११,८७,६२,५४४|५५ पुगेको छ। समिक्षा आर्थिक वर्षमा संस्थाको खुद बचत भने रु.२,१६,४६,९९८|९६ रहेको छ।
स्कोप साकोसले अहिलेको चुनौतीपूर्ण स्थितिमा सदस्यहरुको बचत निक्षेपको पूर्ण सुरक्षणको उपाय स्वरुप पर्याप्त तरलता व्यवस्था गर्दै आएको जनाएको छ। संस्थाका पदाधिकारी , संचालक सदस्य तथा व्यवस्थापन समूहका सदस्यहरुले सहकारी मूल्य मान्यता तथा सिद्धान्त र प्रचलित ऐन कानून अनुरुपमात्र वित्तीय कारोबार गरिएको संस्थाले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend