शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रभु क्यापिटलको १५औं साधारणसभा; ‘प्रभु बिग सर्ट’ सेवा आरम्भ

प्रभु क्यापिटलको १५औं साधारणसभा; ‘प्रभु बिग सर्ट’ सेवा आरम्भ

काठमाडौं । प्रभु क्यापिटलको प्रस्तावित ६.३१५८ प्रतिशत नगद लाभांश पारित भएको छ । क्यापिटलका  अध्यक्ष एल. पि. भानु शर्माको अध्यक्षतामा असोज १९ गते सम्पन्न क्यापिटलको १५औं वार्षिक साधारण सभाले प्रस्तावित उक्त लाभांश पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र संस्थाको नियमावली अनुसार गरिएको  संचालकको नियुक्ति अनुमोदन गरेको छ ।

प्रभु क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि-म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त गरी कार्यहरु गर्दै आईरहेको छ । प्रभु बैंकको मर्चेन्ट बैंकिङ्ग कारोबार गर्न स्थापित सहायक कम्पनी प्रभु क्यापिटलले काठमाडौं बाहिरका लगानीकर्ताहरुले पुँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा  लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा प्रभु बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

त्यससँगै  क्यापिटलले  साधारण सभाको अवसर पारेर ‘प्रभु बिग सर्ट’ नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउदैं लगानी व्यवस्थापन सेवा भने उच्च नेटवर्थ भएका व्यति तथा संस्थाहरुलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ । उच्च पदस्त व्यक्तिहरुको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्ये–नजरमा राखी सो योजना क्यापिटलले सुरुवात गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend