शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लभ्ली बचत तथा ऋण सहकारीको १३औं साधारणसभा; १८% लाभांश प्रदान

लभ्ली बचत तथा ऋण सहकारीको १३औं साधारणसभा; १८% लाभांश प्रदान

२० असोज, काठमाडौं । लभ्ली बचत तथा ऋण सहकारीले आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७९/०८० को शेयर लाभांश कोषबाट १८% लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

संस्थाका अध्यक्ष घनश्याम दाहालको सभापतित्वमा असोज १९ गते शुक्रबार सम्पन्न साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

संस्थाले आफ्ना सदस्यहरुलाई स्वेच्छाले ५०% शेयर वृद्धि गर्नसक्ने अवसर प्रदान गर्नुका साथै कार्यक्षेत्र विस्तार गर्दै काठमाडौं महानगरपालिका भित्र कायम गरेको छ। त्यस्तै , संचालक समितिको पदावधि सहकारी ऐन अनुसार ४ वर्षको बनाइएको छ।

आ.व. २०७९/८० मा संस्थाको खूद बचत गत वर्षको तुलनामा ३७.३१% ले बृद्धि भई रु. १ करोड १३ लाख ६४ हजार खुद बचत भएको जनाएको छ । यो अबधिमा संस्थाको नियमित कारोवारहरुबाट भएको बचतमा ३३.२९% ले बृद्धि भई रु. १ करोड ३१ लाख ९३ हजार बचत गरेको छ । संस्थाले २०८० आषाढ मसान्तसम्म शेयर पूँजीमा ३८.६०% ले वृद्धि भई रु. २ करोड ६५ लाख ३८ हजार, निक्षेप सङ्कलनमा ४.३०% ले कमि भई रु. १५ करोड १२ लाख १६ हजार भएको छ भने कर्जा सापटमा ४.२५% ले कमि भई रु. २१ करोड ६९ लाख ८ हजार भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend