काठमाडौं, असोज १९ गते । भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ ।
१९ असोजमा काठमाडौंको द मल्ल होटलमा एक कार्यक्रमको आयोजना गर्दै चर्चित कलाकारहरु, भिभोका पदाधिकारीहरु तथा विशेष अतिथिहरुको उपस्थितिमा नयाँ स्मार्टफोन लन्च गरिएको हो ।
यो स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरु समावेश छन् जसले फोटोग्राफी क्षमतालाई वृद्धि गर्दछ । नयाँ स्मार्टफोन सार्वजनिकसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउँन आफ्ना ग्राहकहरुका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दशैं अफर ल्याएको छ ।
आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै, भिभोले ग्राहकहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गर्दै ‘आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर ल्याएको छ । यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हुने कम्पनीले जनाएको छ । उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउने छन् । यसको साथै, भिभोले तीन भाग्यशाली विजेताहरूका लागि बाई–वान–गेट–वन अफर पनि ल्याएको छ । ६०० देखि १००० ग्राहकहरुले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन्, ३,००० देखि ५,००० ग्राहकहरुले भिभोको स्टाइलिश ब्याग, ५००० – ८००० ग्राहकहरुले भिभोको बोतल तथा १००००– १५००० ग्राहकहरुले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् ।
भिभो भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको एक प्रभावशाली स्मार्टफोन हो । यो स्मार्टफोन दुई आकर्षक रंग–पीक ब्लू र नोबेल ब्ल्याकमा उपलब्ध रहेको छ जसले स्टाइल र परिष्कृत स्मार्टफोनको प्रतिनिधित्व गर्दछ । यो स्मार्टफोनको १२० हर्ट्जको थ्रीडी कर्भ्ड स्क्रिनले अल्ट्रा–स्लिम सौन्दर्य डिजाइनसँगै एकीकृत रुपमा इमर्सिभ तथा दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्दछ ।
यो स्मार्टफोन देशभर आकर्षक मूल्यमा रु. ५९,९९९ मा उपलब्ध छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend