सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

बीवाईडीको ब्लेड ब्याट्रीको ‘नेल पेनिट्रेशन टेस्ट’ सम्पन्न

बीवाईडीको ब्लेड ब्याट्रीको ‘नेल पेनिट्रेशन टेस्ट’ सम्पन्न

काठमाडौं, बीवाईडी (BYD)को ब्लेड ब्याट्रीले नेपालमा ‘नेल पेनिट्रेशन टेस्ट’ को सफल परीक्षण गरेको छ । आधीकारिक वितरक साईमेक्स इनक प्रालीले ब्याट्रीको सुरक्षा गुणस्तर प्रदर्शनका लागि नेल पेनिट्रेशन टेस्ट ‘Nail Penetration Test’ गरेको हो ।

यो टेस्ट ब्याट्रीको ताप वाहन क्षमताको परीक्षण हो । हालसम्म बीवाईडीको टेक्नोलोजि पेटेन्ट गरिएको ब्लेड ब्याट्रीले मात्र नेल पेनिट्रेशन टेस्ट सफलतापूर्व सम्पन्न गरेका कम्पनीको दाबी छ ।

अतुलनीय सुरक्षा

नेल पेनिट्रेसन परीक्षणको क्रममा ब्लेड ब्याट्रीको प्रदर्शनले यसको असाधारण सुरक्षाको बारेमा कुरा गर्ने कम्पनीको भनाई छ । परम्परागत लिथियम आयन – एनसीएम ब्याट्री, परीक्षण्को बेला ५०० डिग्री सेल्सियसमाथिको उच्च तापक्रममा पुगेर आगो लागेको वा विस्फोटको केही संभावना नदेखिएको कम्पनीको भनाई छ । अनपेक्षित बाह्य शक्तिहरूको अधीनमा हुँदा पनि सुरक्षित र अप्रभावित रहन ब्लेड ब्याट्रीको क्षमताले यसको बेजोड विश्वसनीयता देखाउने कम्पनीले बताएको छ । बीवाईडीको ब्लेड ब्याट्री वर्षौंको अथक अनुसन्धान र विकासको परिणाम भएको कम्पनीको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend