काठमाडौं । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा तथा वार्षिकोत्सब सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण राज पौडेलको सभापतित्व र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यमा यही असोज ११ गते बिहीबार लाजिम्पाटस्थित होटल शंकरमा उक्त साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक प्रदीप भट्टराई , संस्थाका संस्थापक अध्यक्ष चन्द्र टण्डन लगायतको सहभागिता रहेको थियो।

साधारणसभाबाट संस्थाले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयर सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश प्रदान गरेको छ। अघिल्लो वर्ष संस्थाको लाभांश १८ प्रतिशत रहेको थियो।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।
समिक्षा आर्थिक वर्षमा शेयरपूँजी रु.५३,३६६,१००.०० रहेको सहकारीले यस अवधिमा निक्षेप संकलन रु. ५८५,६२२,७५३.६३ गरेको छ। कर्जा तथा सापटी लगानी रु.५१५,६७१,१५८.५९ रहेको छ। कुल कारोबार रु. ८०६, २३९,२९८.२६ रहेको संस्थाले समिक्षा आ.व.मा करअघि रु.२,४०,१०,६३९.७० नाफा आर्जन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि परितोष पौड्यालले यस सहकारी मा संस्थागत पूँजी २२% रहनु संस्थाको सबल पक्ष रहेको बताए । हाल यस्तो पूँजी १०% माथि रहनुपर्ने प्रावधान छ। संस्थाको दिगो र गुणस्तरीय स्थायित्वको लागि नेपाल गुणस्तरमा लैजान उनले सुझाव दिएका छन ।
संस्थाका अध्यक्ष पौडेलले आगामी दिनमा संस्थाको पूँजीकोष वृद्धि गर्ने, डिजिटल प्रविधिबाट सेवा प्रवाहलाई विस्तार गर्ने , संस्थाको लागि भवन निर्माण प्रक्रिया अगाडि बढाउने लगायतका योजना रहेको जानकारी दिएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend