काठमाडौँ, असोज १६ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले सातै प्रदेशमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलनहरू आयोजना गर्ने महासङ्घले निर्णय गरेको हो ।
बागलुङको ढोरपाटनमा सम्पन्न महासङ्घको कार्यकारिणी समितिको तेस्रो बैठकले वर्तमान आर्थिक सङ्कट समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा बहृत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको सङ्कटमोचनको रोडम्याप बनाउने निर्णय पनि गरेको छ । सबै पक्ष मिलेर समस्याको समाधान खोज्न आग्रह गर्दै अहिलेको सङ्कटको निकास निकाल्ने गरी यही असोज महिनाको अन्तिम साता बृहत् राष्ट्रिय विमर्शको आयोजना गर्ने बैठकले निर्णय गरेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend