काठमाडौं । अैंचो पैंचो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औं वार्षिक साधारण सभा तथा ३५औं वार्षिकोत्सब सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दयाराम प्रजापतिको सभापतित्व तथा राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.वी. उप्रेतीको प्रमुख आतिथ्यतामा यही असोज ६ गते शनिबार कालिमाटी वैंकेट , कालिमाटीमा उक्त साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाले शेयर लाभांश कोषबाट शेयर सदस्यहरुलाई १२.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिको छ ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि के.वी. उप्रेतीले हालको अवस्थामा सहकारीहरुमा विभिन्न किसिमका समस्या उत्पन्न हुँदा सम्स्या समाधानका लागि सञ्चालकले विशेष पहल गर्नुपर्ने र यस्तो नभए सञ्चालकबाट क्षतिपूर्ति समेत दिनुपर्ने बताए । उनले यस्ता समस्याहरुबाट सबै सचेत हुनुपर्ने जानकारी दिए ।
उक्त कार्यक्रममा पुर्व प्रमुख डिभिजन सहकारी केशव थापा, का.म.न.पा. १३ का वडा सदस्य रामबाबु कोईराला र साको कलेजका अध्यक्ष लक्ष्मी प्रसाद श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा विभिन्न विषयमा विद्यावारिधि गर्नु भएको सदस्यहरु, जेष्ठ नागरिक सदस्य, उत्कृष्ट बचतकर्ता सदस्य, उत्कृष्ठ ऋणी सदस्य र एस.ई.ई.बालबचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend