शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सप्तगण्डकी साकोसको २१औं साधारणसभा सम्पन्न ; १८% लाभांश प्रदान

सप्तगण्डकी साकोसको २१औं साधारणसभा सम्पन्न ; १८% लाभांश प्रदान

१२ असोज, काठमाडौं । सप्तगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले यही असोज १२ गते शनिबार बानेश्वरमा उक्त साधारणसभा सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष प्रमोदकुमार कार्कीको सभापतित्वमा सम्पन्न साधारणसभाले शेयर सदस्यहरुलाई नयाँ सहकारी ऐन बमोजिम संचित मुनाफाबाट १८ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष कार्कीले सप्तगण्डकी साकोस सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई पालना गरी सदस्य र सामुदायिक सेवालाई हितमा राखी संचालन भइरहेको बताए । संस्थाको गतिविधिलाई विश्वसनीय बनाउन एकीकृत तथ्यांकको लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी व्यवस्थापन प्रणाली (COPOMIS) मा आवद्ध भएको अध्यक्ष कार्कीले भएको जानकारी दिए।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

यस आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाको कुल चुक्ता पुँजी १,८९,१२,३००/- रहेको छ । संस्थाबाट यस आ.व.मा वचत तथा आवधिक निक्षेपसमेत गरी कुल निक्षेप रु. २८,०६,००,६१५/- रहेको छ । संस्थाले समिक्षा आर्थिक वर्षमा रु. ६६,३०,६४४.९१ मुनाफा आर्जन गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend