शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

जावलाखेल फूटबल मैदानमा असोज १० देखि कार्तिक ३ गतेसम्म जुत्ताचप्पल मेला

जावलाखेल फूटबल मैदानमा असोज १० देखि कार्तिक ३ गतेसम्म जुत्ताचप्पल मेला

१२ असोज , काठमाडौं ।  ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा शुरु गरिएको छ ।  नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरिन । उनले नेपाललाई  आत्मनिर्भर बनाउनका लागि तथा स्वदेशी  उद्योगको प्रवर्दन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने बताइन । साथै नेपाली उत्पादनहरु प्रयोग गर्नका लागि पनि सबैलाई आग्रह गरिन ।

उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल जुत्ता चप्पल उत्पादन संघका अध्यक्ष नानिराज घिमिरेले नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुहद्धारा स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुकोे वीचमा पु¥याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आईरहेको जानकारी गराए ।

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव आश्विन १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुदैछ । विहान ९.०० वजे देखि वेलुकी ७.०० वजे सम्म खुल्ला रहने महोत्सवमा न्युनतम २० प्रतिशत देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहेको छ ।

महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा खरिद गर्न सक्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend