१० असाेज , काठमाडौं । सरकारको गलत वित्त नीति र मौद्रिक नीतिको कारण देशको पुँजी बजार धरासायी हुँदै गएको व्यवसायीले बताएका छन। धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका अध्यक्ष सागर ढकालले अव्यवहारिक सरकारी नितीले नेपालको पुँजी बजार धरासायी भएको बताएका छन् ।
यही असोज ९ गते मंगलबार नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग निजीक्षेत्र विषयक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । ‘अहिले वित्त नीति र मौद्रिक नीतिले माईक्रो म्यानेजमेन्ट गरेर पुँजी बजारलाई धराशायी बनाउने काम गरेको छ,’ उनले भने ।
स्वदेशी तथा विदेशी पूँजी आकर्षित गरि ठूलाठूला पूर्वाधार निर्माणदेखि स–साना स्टार्टअपको संचालनको लागि आवश्यक पूँजीको दीर्घकालीन व्यवस्थापन पूँजीबजारबाट गर्नको लागि सहज हुने भन्दै पूजी बजारको विकास र विस्तारको विकल्प नरहेको उनको भनाइ थियो ।
हितग्राही खाता (डीम्याट) खोल्नेको संख्या करिब ५९ लाख, मेरो शेयर प्रयोगकर्ता ५० लाख र अनलाइनबाट कारोबार गर्नेको संख्या करिव १९ लाख पुगेको भन्दै उनले तर सरकारी नीतिकै कारण पुँजी बजार धराशायी भएर ती लगानीकर्ताहरु सडकमा पुग्न लागेकाे उनकाे भनाइ थियाे ।
‘कुल जनसंख्याको २० प्रतिशत जनसंख्या पूँजीबजारमा आवद्ध भएका छन् भने कुल सुचिकृत कम्पनीको संख्या २३८ पुगेको छ,’ उनले भने ।
संस्थागत लगानीकर्ताको लागि करको दर बढी हुनु, करोडौ लगानीका कम्पनीहरुलाई ऋण रकममा सीमा तोकनु, नियमनकारी निकायहरुले सस्थागत लगानीकर्तालाई लागि प्रोत्साहन गर्नुको सट्टा न्युनतम लगानी अबधि तोक्ने लगायतका कार्यबाट व्यवसायी निरूत्साहित हुँदै गएकाे उनकाे भनाइ थियाे
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend