शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सूर्यकोट साकोसको १४औं साधारणसभाबाट नयाँ संचालक समितिको चयन

सूर्यकोट साकोसको १४औं साधारणसभाबाट नयाँ संचालक समितिको चयन

काठमाडौं । सूर्यकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा रामशरण सुवेदीको अध्यक्षतामा नयाँ संचालक समितिको चयन भएको छ। संस्थाको असोज ६ गते सम्पन्न १४औं वार्षिक साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको हो।

साधारणसभाले अध्यक्ष सुवेदी , सचिव नानीकाजी केसी सहित कार्यसमितिको सर्वसम्मत निर्वाचन सम्पन्न गरेको हो। त्यससँगै , लेखा सुपरिवेक्षण समितिको पनि निर्वाचन सम्पन्न भएको छ।,,

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा सहकारीले सदस्य संख्यामा उल्लेख्य वृद्धि गर्दै शेयरपूँजि रु. ३,९७,३०, २००/- पुर्याएको छ। यस वर्ष संस्थाले रु. १,१८,९७,४८२|९६ मुनाफा आर्जन गरेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend