शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सुमेरु अस्पतालको मृगौला प्रत्यारोपणमा नयाँ सफलता

सुमेरु अस्पतालको मृगौला प्रत्यारोपणमा नयाँ सफलता

१० असोज , काठमाडौं । ललितपुरको धापाखेलस्थित  सुमेरु अस्पतालमा दुई बिरामी परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण (पेयर ट्रान्सप्लान्ट) गरेका छन्। अस्पतालले मंगलबार  पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

अस्पतालका  ट्रान्सप्लान्ट सर्जन तथा वरिष्ठ यूरोलोजिष्ट डा विजय मान सिंह कटवालको नेतृत्वमा सिनियर सर्जन डा डिभि कार्की, डा किरणप्रसाद श्रेष्ठ, डा जियाउल हक नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा ललितकुमार यादव र डा सुमित आचार्यको टिम प्रत्यारोपणमा सहभागी थियो।

यसैगरी डा महालक्ष्मी देउजा, डा एजेलिया अमात्य र डा कुमार श्रेष्ठ समेतको टिमले मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको  हो।

हालसम्म सुमेरु अस्पताल धापाखेलमा १९ जनाको मिर्गौला प्रत्यारोपण सफल रुपमा सम्पन्न भइसकेको अस्पतालले जनाएको छ

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend