शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नव निर्माण बहुउद्देश्यीय सहकारीको आठौं वार्षिक साधारणसभा सम्पन्न

नव निर्माण बहुउद्देश्यीय सहकारीको आठौं वार्षिक साधारणसभा सम्पन्न

ललितपुर । नव निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष हरिराम जोशीको सभापतित्व र बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यमा यही असोज ६ गते शनिबार  ललितपुरस्थित महालक्ष्मीस्थानमा उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा संस्थाका १,१४८ शेयर सदस्यहरु बाट कुल शेयर पूँजी रु. १,६२,९६,५००/- रहेको सहकारीले यस आ.व. मा कर अघि रु. १४,२४,९३२/- बचत गर्न सफल रहेको छ।

चालू आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले शेयर पूँजी वृद्धि गरि रु. २ करोड कायम गर्ने लक्ष्य राखेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend