काठमाडौँ, असोज ९गते । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान न।पा। –६ गणेश चोक स्थित नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आईतबार उद्धघाटन गरेका हुन् ।
उद्घाटनपछि मुख्यमन्त्री यादबले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गर्ने बताए । उनले बैंक मार्फत किसानलाई अनुदान समेत दिन तयार रहेको जानकारी गराए ।
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अहिले बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको जानकारी गराए । उनले कम सस्तो ब्याजदरमा ब्यवसायीहरुलाई बैंकसँग व्यवसायीक कारोबार गर्न आग्रह गरे ।
उनले विपन्नवर्गको सशक्तिकरणका लागि विना धिता कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बताए । बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ्ग सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको श्रेष्ठको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend