शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रतिभा बहुउद्देश्यीयमा कृष्ण प्रसाद शर्माको अध्यक्षतामा नयाँ संचालक समिति

प्रतिभा बहुउद्देश्यीयमा कृष्ण प्रसाद शर्माको अध्यक्षतामा नयाँ संचालक समिति

ललितपुर । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले विभिन्न सेवाकेन्द्रहरुमा भएका सभामार्फत सदस्यहरुका एकाइ प्रतिनिधिहरुको समापन सभा डिलाईट पार्टी भेन्यु महालक्ष्मीस्थान , ललितपुरमा यही असोज ६ गते आयोजना गरेर साधारणसभा सम्पन्न गरेको हो।

उक्त साधारणसभाले चार वर्षको कार्यकालको लागि पुनः कृष्णप्रसाद शर्माको अध्यक्षतामा नयाँ संचालक समितिको सर्वसम्मत चयन गरेको छ। त्यससँगै लेखा सुपरिवेक्षण समितिको निर्वाचन पनि सम्पन्न भएको छ।

प्रतिभा बहुउद्देश्यीय सहकारीमा आर्थिक वर्ष २०७९/०८० मा १४७७२ शेयर सदस्यहरुबाट शेयर पुँजी रु. ८,०७,२५,५००/- रहेको संस्थाले जनाएको छ। संस्थाले समिक्षा आर्थिक वर्षमा रु. १,५१,१३,८७१|३४ बचत गर्न सफल भएको छ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

संस्थाले यसै वर्ष बाट कृषि श्रोत केन्द्र संचालनको लागी मुक्तिनाथ कृषि कम्पनी संगको सहकार्यमा पहिलो चरणमा संस्थाको सदस्य सेवाकेन्द्र बाँडेगाउँ, ललितपुर र सदस्य सेवाकेन्द्र भैसेपाटी, खोकना दोबाटो, ललितपुर गरी दुई वटा सदस्य सेवा केन्द्रबाट श्रोत केन्द्र स्थापना गरी रूपिमा काम गर्ने सदस्यहरू लाई व्यवसायिक खेतीको तालिम, गुणस्तरीय बिउबिजन तथा कृषि औजारहरू विक्री तथा वितरणको शुरुआत गरेको छ।

त्यस्तै , स्मार्ट सर्भिस इन संगको सहकार्यमा सदस्यहरूको सवारी साधनको बिमा तथा ब्लुबुक नविकरण गर्ने सुविधालाई लाई यस वर्ष अझै प्रभाबकारी ढंग बाट बिस्तार गर्नुका साथै सदस्य सेवा र सामजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई अझै प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend