७ असोज , काठमाडौं । कोका कोला नेपालले ‘चिल एन विन २.०’ क्याम्पेन सुरु गरेको छ । यस क्याम्पेनमा ग्राहकले एक कार र साप्ताहिक रूपमा ८ जनाले एक बाइक जित्न सक्नेछन् भने, ग्राहकहरुले दैनिक टप–अपसहित स्मार्टफोन समेत जित्नेछन् ।
क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ । कम्पनीद्वारा प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिनेछ ।
सेप्टेम्बर १ देखि सुरु भएको क्याम्प आगामी अक्टोबर ३१ सम्म चल्नेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend