सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

चितवनको भरतपुरमा टाटा मोटर्सले आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्यायो

चितवनको भरतपुरमा टाटा मोटर्सले आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्यायो

काठमाडौं, असोज ७ गते । चितवनको भरतपुरमा टाटा मोटर्सले आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ अन्तर्गत भरतपुरको आधिकारिक वितरक एसएच मोटर्सले शुक्रवारदेखि शोरुम सञ्चालनमा ल्याएको हो ।

साढे तीन हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा रहेको छ । त्यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरू उपलब्ध हुने बताइएको छ ।

शोरुम सञ्चालन ल्याएसँगै नेपालमा हालै भित्र्याइएको टाटा पन्च र टियागो नामक दुई नयाँ बिजुली गाडी बिक्री वितरण समेत भरतपुरबाट सुरु गरिएको कम्पनीले जनाएको छ । टाटा मोटर्सका लागि भरतपुर बजार महत्त्वपूर्ण रहेको भन्दै कम्पनीले उच्च स्तरीय शोरुम सञ्चालनमा ल्याइएको बताएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend