भक्तपुर । इन्द्रकमल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चेतोनाथ गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको असोज ६ गते सम्पन्न १६औं वार्षिक साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको हो।
नयाँ संचालक समितिको उपाध्यक्षमा हिरादेवी श्रेष्ठ , कोषाध्यक्षमा टेकनाथ पोखरेल , सचिवमा कृष्ण बहादुर बुढाथोकी लगायत निर्वाचित भएका छन ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा रमेश पौडेल र सदस्यहरुमा कमलकृष्ण अधिकारी र अम्बर बहादुर कार्की निर्वाचित भएका छन ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।
समिक्षा आर्थिक वर्षमा शेयरपूँजि रु. ४,१७,९१, ८००/- रहेको यस सहकारीले रु. ३७,५८,३४०.६८ मुनाफा आर्जन गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend