काठमाडौं, असोज ४ गते । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज बिहान देखि वार्ता भइरहेको छ । सरकार र आन्दोलनरत शिक्षक गृह मन्त्रालयमा वार्तामा बसेका हुन् ।यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा आन्दोलनरत शिक्षक वार्तामा बस्न मानेका थिएनन् ।
बिहान आठ बजेदेखि जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend